site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालमा 'भाइरल' सुधार केन्द्रमा यातना दिइएको भिडियो पुरानो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एक सुधार केन्द्रमा युवकमाथि निर्मम तरिकाले कुटपिट भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमार्फत भाइरल भइरहेको उक्त भिडियो रौतहटको एक सुधार केन्द्रको रहेको खुलेको छ ।

रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपककुमार रायका अनुसार गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल पुनर्स्थापना केन्द्रको रहेको खुलेको हो ।

तर, उक्त भिडियो गएको भदौको भएको डीएसपी रायले बताए । उनले भने, ‘‘आज बिहानदेखिनै भिडियो भाइरल भएपछि हामीले अनुसन्धान गरेका थियौँ । तर, उक्त भिडियो पुरानो भएको खुलेको छ ।’’

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्