
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रिसा साहको अन्येष्टि भारतमै गरिएको छ । अन्त्यष्टिपछि उनका अभिभावक आज नेपाल फर्कंदै छन् ।
साह यही वैशाख १८ गते केआईआईटीको होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
“प्रिसा साहको अन्त्यष्टि भारतमै शनिबार साँझ भएको हो । उनका अभिभावक आएपछि भारतमै अन्येष्टि गर्ने निर्णय गर्नुभएको थियो । आज (सोमबार) उनका अभिभावक नेपाल फर्कंदै हुनुहन्छ,” भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो ।
प्रिसा वीरगन्ज महानगरपालिका–१५ स्थित भिस्वा टोलकी वासिन्दा हुन् । उनको 'आत्महत्या'बारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ ।