site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्ड

काठमाडौं । युनाइटेड डर्बीमा म्यानचेस्टर युनाइटेडविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

शनिबार भएको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा समाप्त भएपछि नजिताको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा सिटी भाग्यमानी सावित भयो । सडन डेथसम्म पुगेको खेलको नतिजा सिटीले ७–६ ले जितेको हो ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा सिटीका केभिन डी ब्रुयना, एर्लिङ हाल्यान्ड, साभियो, एन्डरसन मोराइस, म्यथ्युस नुनेज, रुबेन डियाज र म्यानुअल अकान्जीले गोल गरे । सिटीबाट पहिलो प्रहारका लागि आएका बर्नार्डो सिल्भाको प्रहार भने गोल हुन सकेको थिएन ।

युनाइटेडका ब्रुनो फर्नान्डेज, डियागो ड्यालोट, एलेजान्डर गार्नाचो, कासिमिरो, स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले पेनाल्टीमा गोल गरे । युनाइटेडका जाडोन सान्चो र जोनी एभान्सको प्रहारले जाली चुम्न सकेको थिएन ।

त्यसअघि खेलमा सुरुआती अग्रता युनाइटेडले बनाए पनि कायम राख्न भने सकेन । ८२औँ मिनेटमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रतामा राखेका थिए । तर, निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro