site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रिग्वेरोसले छोडे १२ वर्षपछि भियारियाल

काठमाडौं । मिडफिल्डर मानु ट्रिग्वेरोसले १२ वर्षपछि भियारियाल छोड्दै स्पेनिस दोस्रो डिभिजन लिगको क्लब ग्रानडामा अनुबन्धित भएका छन् ।

३२ वर्षीय ट्रिग्वेरोस भियारियालबाट सबैभन्दा धेरै ला लिगा खेल्ने खेलाडीसमेत हुन् । उनले स्पेनिस क्लबबाट ४७७ खेल खेलेका छन् । भियारियालबाट १२ वर्ष खेल्ने क्रममा उनले ३८ गोल र ३९ असिस्ट गरेका छन् । 

उनले क्लबबाट सन् २०२१ को युरोपा लिग जित्दा २०२२ मा च्याम्पियन्स लिगको सेमिफाइनलसमेत खेलेका थिए ।

“हामी ट्रिग्वेरोसलाई उनको लगाव र सफल व्यावसायिक करियरका लागि धन्यवाद व्यक्त गर्न चाहन्छौँ । हामी उनको नयाँ व्यावसायिक जीवनप्रति सफलताको कामना गर्दछौँ । यो सधैँ उनको घर रहने छ,” भियारियालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro