site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एभरेष्ट महिला फ्रेन्चाइज लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने 

काठमाडौं । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीको घोषणा गरिएको छ । 

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरिएको हो । 

जसअनुसार लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले खेल्नेछन् । हरेक टोलीले १४ खेलाडीमा नौ नेपाली र तीन विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सले जनाएको छ । 

नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगीताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसअघि एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच सम्झौता भएको थियो । 

टिम काठमाडौं शरदकृष्ण टिबरेवाला, ललितपुर अनुजएम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल प्रवर्धकमा छन् । यस्तै, मधेस रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा छ । गण्डकी सौरभ केडिया, चितवन निम्बस होल्डिंग्स तथा कर्णाल राजेश बगडिया र प्रतिक अधिकारीको स्वामित्वमा रहेनछ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro