site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेशको कमब्याक सिनेमाको नाम ‘नरसिंहा अवतार’

काठमाडौं । राजेश हमालको कमब्याक चलचित्रको नाम घोषणा गरिएको छ । निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम घोषणा गरेको हो । 

चलचित्रको नाम ‘नरसिंहा अवतार’ राखिएको छ । पोस्टरमा राजेश हमाल भने छैनन् । थिम पोस्टरमा रातो र निलो रङ छ । यसले चलचित्रले युद्ध र शान्तिको संकेत गरेको छ । 

एक्सनप्रधान चलचित्रमा शान्तिका लागि क्रान्ति अथवा द्वन्द्व हुने थिम पोस्टरमार्फत संकेत गरिएको छ । नरसिंहाको उग्र अवतार थिम पोस्टरमा देखिनुले पनि चलचित्र द्वन्द्वप्रधान हुने स्पष्ट हुन्छ ।

निर्देशक दिवाकर भट्टराईले राजेश हमालसम्म सम्झौता गर्दा नै चलचित्र एक्सन ड्रामा हुने बताइसकेका छन् । यो चलचित्रमार्फत राजेश आठ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । 

चलचित्र ‘शकुन्तला’ यता उनले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा बताए पनि निर्माणपक्षले कथा बताएको छैन । 

राजेशको अपोजिटमा नायिका को हुने, अन्य मुख्य कलाकार को–को हुने, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । 

आइतबार अनटाइटल प्रोजेक्ट भन्दै राजेश र दिवाकारले एकै समय कागजी सम्झौता गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro