site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ । सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा पहिरोमा बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ ।

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अरूको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् ।

पहिरोमा परी १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको उपचार भइरहेको छ ।

झब्रिखेत बस्ती जोखिममा 
यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१, कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो ।

हरेक वर्षको पहिरोले प्रभावित यहाँका केही बासिन्दा विस्थापित भएका पीडित दीपक पौडेलले बताए । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छ । स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् । रासस

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro