देश
काठमाडौं । पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको नवलपुर र आसपास हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले थप वर्षा हुन सक्ने रहेकाले सो क्षेत्र भई बहने इन्द्रावती नदी र यसका सहायक स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने अनुमान गरिएको छ ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १९:०२
प्रतिक्रिया दिनुहोस्