site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयकबारे प्रचण्ड– वैधानिक प्रक्रियाबाट यसैपटक टुंग्याइयोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे निष्कर्षमा पुग्नु सरकारको राम्रो काम भएको बताएका छन् । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउन गठित कार्यदलको प्रतिवेदन बुझाउन बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लामो समयदेखि छलफलमा रही सहमतिमा पुगेर पनि टुंगिन बाँकी रहेको विषयमा निष्कर्षमा पुग्नु खुसीको कुरा भएको बताए । 

पीडितमैत्री बनाउने कोसिस निचोडमा पुगेको बताए । “नयाँ सरकार बनेपछिको राम्रो काम ठान्छु र सरकारलाई धन्यवाद भन्न चाहन्छु,” प्रचण्डले भने । 

आफू प्रधानमन्त्री हुँदा कार्यदलको प्रस्ताव गरिएको बताए । कार्यदलले मेहनत गरेर निष्कर्षमा पुर्‍याएको विषयलाई समिति र संसद्‌बाट यसैपटक टुंग्याउन आग्रह गरे । “यसलाई वैधानिक प्रक्रियाबाट समिति र संसद्‌मा पनि यसैपटक जाओस् । र यसलाई टुंग्याइयोस्,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro