site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्कार सहकारीका सचिवसहित तीनजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सहकारीका पदाधिकारीसहित तीनजना पक्राउ परेका छन् । 

सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सहकारीको न्युरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं बस्ने ३२ वर्षीय गोविन्द पुरी, रामेछाप घर भई काठमाडौंको चाबहिल बस्ने ३७ वर्षीय महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की छन् । पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक हुन् ।

उनीहरूले आर्कषक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरू ब्युरोमा पुगेका थिए ।

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरू खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro