site stats
बाह्रखरी :: Baahrakhari
कला
राजु परियारलाई प्रश्न– प्रधानमन्त्री ओलीले लोकगीतबारे के भन्नुभयो ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकदोहोरी गायक राजु परियारको गायनको तारिफ गरेका छन् । राजुका गीत सुन्दा आफूलाई झलकमान गन्धर्भको याद आउने गरेको उनले बताएका छन् । 

“राजु परियारका लोकगीत सुन्दा मलाई कहिलेकाहीँ झलकमान गन्धर्बको सम्झना आउँछ । पछिल्लो पटक उहाँले झलकमान गन्धर्बको गीत गाउनु भएको पनि युट्युबमा हेरेको थिएँ,” प्रधानमन्त्री ओलीले फेसबुकमा राजु परियारसँग खिचेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, “मनपर्ने लोक गायक राजु परियारसँग आज छोटो कुरा भयो । छुट्टिने बेला मैले भनेँ – हामी फेरि भेट्ने छौँ ।” 

Argakhachi Cement Island Ad

यता, राजु परियारले पनि आफूले प्रधानमन्त्री ओली लोकगीतप्रेमी रहेको पाएको बताएका छन् । “उहाँले मेरो गीत सुन्नुहुँदोरहेछ । तपाईंका गीत सुनेको छु, राम्रो छ, अझै राम्रो गर्दै जानुहोला भन्नुभयो,” राजुले बाह्रखरीसँग भने, “लोकगीत नेपालीको कला, संस्कृति भएकाले यसलाई संरक्षण गर्दै जानुपर्छ भन्नुभयो ।” 

लोकगीत नेपाल र नेपालीको पहिचान भएकाले यसलाई सबै मिलेर थप समृद्ध बनाउनु पर्ने ओलीले बताएको राजुले सुनाए ।

“साथीसँग भेट गर्न जानेक्रममा आज साँझ प्रधानमन्त्री निवास पुगेको थिएँ । प्रधानमन्त्रीज्यूसँग भेट भयो । योजनाबद्ध हिसाबले भेट भएको होइन,” राजुले भने, “लोकगीतसंगीतका बारेमा छोटो कुरा भयो । छुट्ने बेलामा उहाँले लोकगीतसंगीतसँग सम्बन्धित एउटा जमघट छिट्टै गर्नुपर्छ भन्नुभयो ।” 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्