site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा आज भारी वर्षा हुने, भोलिको मौसम कस्तो हुन्छ ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौंमा आज भारी वर्षाको सम्भावना छ । गएरातिदेखि नै वर्षा भइरहेको काठमाडौं उपत्यकामा दिउँसो भारी वर्षाको सम्भावना रहेको हो । 

“काठमाडौंका धेरै स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । धेरै भू–भागमा वर्षा भइसकेको छ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “दिउँसो पनि वर्षा हुनेछ । काठमाडौंमा भारी वर्षाको सम्भावना छ ।”

Dabur Nepal
NIC Asia

चौबीस घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ । 

दिनभर निरन्तर वर्षा नभए पनि केही समय रोकिने र पुनः पानी पर्ने क्रम दिनभर चलिरहने उनको भनाइ छ । राति पनि दिउँसोको जस्तै मौसम हुुने उनले बताए । 

“आज र भोलि नै काठमाडौंमा बदली र वर्षा हुनेछ,” मौसमविद् झाले भने, “मनसुनी प्रणाली थप सक्रिय हुँदा वर्षा भइरहेको हो ।” 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा मनसुनी प्रणाली थप सक्रिय हुन्छ, र धेरै वर्षा हुन्छ । यो रेखा दक्षिणतर्फ रहँदा कम वर्षा हुन्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro