site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माल्दिभ्सविरुद्ध नेपाल सोझो सेटमा विजयी, सेमिफाइनलमा इरानसँग खेल्ने 
फाइल तस्बिर ।

काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० को सेटमा जित निकालेको छ । 

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–८ ले सहजै जितेको थियो । पहिलो सेटपछि नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले कोर्टमा टिमको दोस्रो रोजाइ उतारेका थिए । 

नेपालको दोस्रो रोजाइका खेलाडीले भने पहिलो सेटको जसरी नै माल्दिभ्स दबाब बनाउन सकेनन् । नेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले जितेको थियो । यो जितसँगै नेपालले अब सेमिफाइनल इरानसँग खेल्ने भएको छ । लिग चरणमा नेपालले चार खेलबाट नौ अंक जोडेको नेपालले दोस्रो स्थान हासिल ग¥यो । 

दोस्रो स्थानको टोलीले तेस्रो स्थानमा रहने टिमसँग खेल्ने समीकरण भएकाले नेपालले इरानसँग खेल्ने भएको हो । यसअघि लिग चरणमा इरानले नेपालविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो । 

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भने भारतले श्रीलंकासँग खेल्नेछ । यी दुई टिमबीचको खेल मंगलबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । नेपाल र इरानबीचको खेल दिउँसो ५ः१५ बजेदेखि सुरु हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro