site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऐतिहासिक १०० मिटर दौडमा अमेरिकी धावक लिलेसलाई स्वर्ण 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत ऐतिहासिक बनेकाे १०० मिटर दौडमा अमेरिकी स्प्रिन्ट स्टार नोह लिलेसले स्वर्ण जितेका छन् । लिलेसले दौड ९.७९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । 

ओलम्पिकमा ‘डेब्यु’ गरिरहेका जमैकाका किसाने थप्सनले दौडको अघिकांश समय पछि राखे पनि अन्तिममा भने अमेरिकी स्टार लिलेसले उत्कृष्ट अन्त्य गर्दै पहिलो स्थानमा कब्जा गरे । लिलेसले थम्पसनलाई ०.००५ सेकेन्डले पछि पारेका हुन् । 

अमेरिकाकै पूर्वविश्व च्याम्पियन फ्रेड केर्लीले ९.८१ को समयसहित तेस्रो स्थान हासिल गरे । उनले दक्षिण अफ्रिकाका अकानी सिमबिनलाई पछि पार्दै ओलम्पिकमा पदक पक्का गरेका हुन् । यस दौडमा शीर्ष स्थान हासिल गरेका लिलेसले दौड पूरा गरेको ०.१२ सेकेन्डमा सहभागी सबै आठ धावक नै अन्तिम विन्दुमा पुगेका थिए । 

ओलम्पिकको इतिहासमा १०० मिटर दौडमा सबै धावक १० सेकेन्ड अगावै अन्तिम विन्दुमा पुगेको यो पहिलोपटक हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro