विदेश
नयाँ दिल्ली । भारत सरकारले आफ्ना नागरिकलाई अर्को सूचना जारी नभएसम्म बंगलादेश नजान आग्रह गरेको छ । बंगलादेशमा रहेका आफ्ना नागरिकलाई पनि अत्यन्त होसियारी अपनाउन र बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ ।
आइतबारदेखि बंगलादेशमा विद्यार्थी आन्दोलन पुनः चर्किएपछि भारतले आफ्ना नागरिकका लागि ‘सर्कुलर’ जारी गरेको हो । बंगलादेशको पछिल्लो आन्दोलनमा मृत्यु हुनेको संख्या करिब १०० पुगिसकेको छ ।
त्यहाँ रहेका भारतीयलाई स्थानीय भारतीय हाइकमिसनको सम्पर्कमा रहन समेत आग्रह गरिएको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्