
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सार्न प्रस्ताव गरेका छन् ।
सरकारले हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्छ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्नुपर्ने उनको भनाइ छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद निधिले गणतन्त्र र बजेट दुई शब्दावलीको अर्थ हेर्दा गणतन्त्रको महत्त्व धेरै हुने उल्लेख गरे । उनले संविधानमै लेखिएका कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधनमार्फत बजेटको मिति संशोधन हुनुपर्ने बताए ।
"आज जेठ १ गते हो । जेठ १५ गते आउँदै छ । जेठ १५ गते महत्त्वपूर्ण दिन हो, गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने । गणतन्त्र र बजेट दुईवटा शब्दावलीको अन्तरनिहीत अर्थ हेर्ने हो भने गणतन्त्रको बटेज धेरै ठूलो हुन्छ । १५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसो भए संशोधन गरियोस्," उनले भने ।