site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सांसदका स्वकीय सचिवको छैन योग्यता मापदण्ड, एक वर्षमा लगे साढे १९ करोड
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्‌मा पदाधिकारी तथा सदस्यहरूका स्वकीय सचिवले एक वर्षमा १९ करोड ४१ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् । स्वकीय सचिव पदपूर्तिसम्बन्धी प्रक्रिया र योग्यताको मापदण्ड नै नबनाई उनीहरूलाई उक्त रकम पारिश्रमिकस्वरूप एक वर्षमा प्रदान गरिएको हो ।

“यो वर्ष (आव २०८०/८१) निजी सचिवालयका अधिकृतस्तरका ३१७ र सहायकस्तरका ११६ समेत ४३३ कर्मचारीको पारिश्रमिकमा रु. १९ करोड ४१ लाख खर्च भएको छ,” महालेखापरीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदन, २०८२ मा भनिएको छ, “निजी सचिवालयका कर्मचारीको शैक्षिक योग्यतासम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।”

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को दफा ५ मा आफ्नो कार्यकालमा पदाधिकारी र सदस्यले निजी सचिवालयको लागि अनुसूची २ मा उल्लेख भएबमोजिम कर्मचारी सुविधा पाउने व्यवस्था छ ।

अनुसूचीमा विभिन्न पदाधिकारी तथा सदस्यहरूको सचिवालयमा रहने कर्मचारीको दर्जा र संख्या उल्लेख भए पनि कर्मचारीको योग्यता र पदपूर्ति प्रक्रियाबारे उल्लेख छैन । यसैको फाइदा उठाउँदै आफ्ना नाता पर्नेलाई स्वकीय सचिव नियुक्त गर्ने होड सांसदमा चलेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्