बाह्रखरी फोटो

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का मनोनीत उपाध्यक्ष गुरु बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यले शपथ लिए । एमाले स्थायी कमिटी सदस्यमा मनोनीत मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठले पनि सोही अवसरमा शपथ लिएका एमालेले जनाएको छ ।
गएको बिहीबार बसेको पार्टी सचिवालय बैठकबाट उनीहरूलाई उक्त पदमा मनोनयन गरिएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ १४:२०
प्रतिक्रिया दिनुहोस्