site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको लगातार दोस्रो जित

काठमाडौं । नेपालमा जारी काभा महिला नेसन्स भलिबल लिगमा भारतले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा भारतले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

भारतले पहिलो सेट २५–६ ले सहजै जितेको थियो । त्यसपछिका दुई सेटमा माल्दिभ्सले सुधारिएको प्रदर्शन गरे पनि हार टार्न भने सकेनन् । दोस्रो सेट भारतले २५–११ र तेस्रो सेट २५–१० ले जितेको हो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारतले यसअघि पहिलो खेलमा इरानविरुद्ध ३–१ को सेटमा जित निकालेको थियो ।

यसअघि आजको पहिलो खेलमा इरानले माल्दिभ्सविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र इरान गरी कुल पाँच टिमको सहभागिता छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro