site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला भलिबल नेसन्स लिगमा इरानको पहिलो जित

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा इरानले पहिलो जित निकालेको छ । इरानले शुक्रबारको पहिलो खेलमा श्रीलंकाविरुद्ध ३–२ को रोमाञ्चक सेटमा जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा भएको खेलको पहिलो र दोस्रो सेट इरानले २५–२०, २५–१२ ले जितेको थियो । तर, यसपछिका लगातार दुई सेट श्रीलंकाले जितेपछि खेल पाँचौँ सेटसम्म धकेलिएको हो । तेस्रो र चौथो सेट श्रीलंकाले २५–२२, २५–१३ ले जितेको थियो । तर, अन्तिम सेटमा भने इरानले स्कोर आफ्नो पक्षमा राख्यो ।

अन्तिम सेट १५–११ ले जित्दै इरानले श्रीलंकाको पुनरागमन प्रयास विफल बनाएको हो ।

प्रतियोगितामा इरानको यो पहिलो जित हो । इरान यसअघि पहिलो खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएको थियो । यस्तै, श्रीलंकाको भने यो प्रतियोगितामा लगातार दोस्रो हार हो । श्रीलंका यसअघि पहिलो खेलमा घरेलु टिम नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

साउन २३ गतेसम्म सञ्चानल हुने प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सगरि कुल पाँच टिमको सहभागिता छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro