site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारबाट बाहिरिने बेलामा प्रचण्डले बाँडे एक करोड २३ लाखभन्दा बढी रकम 
फाइल तस्बिर ।

काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाट बाहिरिँदै गर्दा आर्थिक सहायताका नाममा एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ वितरण गरेको पाइएको छ ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम उनले २०८१ असार महिनामा वितरण गरेका थिए । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड नेतृत्व सरकारले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । त्यसपछि गत असार ३१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । 

नेकपा एमाले र नेपाली कांग्रेसबीच असार १७ गते नयाँ गठबन्धन बनेपछि असार १९ गते एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । त्यसपछि प्रचण्डले गत असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए तर, उनले पाएनन् । 

अर्थ मन्त्रालयका अनुसार प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०/०८१ को (२०८० साउनदेखि २०८१ जेठसम्म) पहिलो ११ महिनामा आर्थिक सहायताका नाममा  दुई करोड ५१ लाख ९५ हजार ९३५ रुपैयाँ वितरण गरेका थिए । 

तर, सरकारबाट हट्ने भएपछि गत असारमा मात्र प्रचण्ड नेतृत्वको सरकारले एक करोड २३ लाख ५४ हजार ३७७ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेका थिए । यस्तो रकम अधिकांश पहुँचवाला नेता तथा कार्यकर्तालाई वितरण गर्ने गरिन्छ । 

गत आर्थिक वर्ष प्रचण्ड नेतृत्वको सरकारले तीन करोड ७५ लाख ५० हजार ३१२ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेको पाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro