site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीले सेप्टेम्बरमा थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सेप्टेम्बरमा थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । उनले पहिला थाइल्यान्ड र त्यसपछि अमेरिकाको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

थाइल्यान्डले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बर ४ मा बैंककमा आयोजना गर्दै छ । उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड जान लागेका हुन् ।

“प्रधानमन्त्रीज्यूको थाइल्यान्ड भ्रमणको तयारी परराष्ट्रले गरिरहेको छ,” प्रवक्ता राईले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात राष्ट्र सदस्य छन् । शिखर सम्मेलन हुनका निम्ति सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।

प्रधानमन्त्री सुरुमा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मात्र थाइल्यान्ड जान लागेका थिए । हाल त्यसलाई नै द्विपक्षीय भ्रमण समेत बनाउन लागिएको छ । यसका निम्ति थाइल्यान्ड तयार भएको छ ।

बिम्स्टेक शिखर सम्मेलनको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीको द्विपक्षीय भ्रमण सुरु गर्ने गरी परराष्ट्रले तयारी गरिरहेको छ । यसो भएमा यसपटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो द्विपक्षीय विदेश भ्रमण थाइल्यान्डबाट सुरु हुनेछ ।

बैंककमा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीको भेट उनका भारतीय समकक्षी नरेन्द्र मोदीसहित अरू सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूसँग हुनेछ । शिखर सम्मेलन र द्विपक्षीय विदेश भ्रमण सकाएर उनी स्वदेश फर्कने गरी तयारी गरिँदै छ ।

सेप्टेम्बरमा नै प्रधानमन्त्री ओलीले अमेरिकाको भ्रमण गर्ने तयारी पनि परराष्ट्रले गरिरहेको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जान लागेका हुन् ।

सेप्टेम्बर २४ देखि ३० सम्म राष्ट्रसंघको महासभालाई सदस्य राष्ट्रका राष्ट्रध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu