site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी एयरलाइन्सद्वारा इजरायल उडान रद्द

न्युयोर्क  । अमेरिकाका दुई एयरलाइन्सले सुरक्षाको कारण देखाउँदै इजरायल जाने उडान रद्द गरेका छन् । डेल्टा र युनाइटेड एयरलाइन्सले आफ्नो उडान रद्द गरेका हुन् ।

मध्यपूर्वमा तनाव बढ्दै गइरहेकोले बुधबारदेखि लागु हुने गरी उडान रद्द गरिएको युनाइटेड एयरलाइन्सले जनाएको छ । सो कम्पनीले बुधबार नेवार्कबाट तेल अभिभ जाने उडान रद्द गरेको थियो । 

Dabur Nepal
NIC Asia

सो कम्पनीले त्यहाँको अवस्था अनुगमन गरिरहेको र त्यसबारेमा थप निर्णय पछि लिइने जनाएको छ । डेल्टा एयरलाइन्सले पनि न्युयोर्कको जेएफकेबाट तेल अभिभको उडान अगस्ट २ सम्मका लागि स्थगन गरेको जनाएको छ ।

सो कम्पनीले पनि कारण सुरक्षाको नै जनाएको छ । बुधबार इजरायलले हमासका नेताको इरानमा र हिजबुल्लाहका कमान्डरको लेबनानमा हत्या गरेपछि मध्यपूर्वमा नै असुरक्षा फैलिने भन्दै चासो उत्पन्न भइरहेको छ । 

अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरी इजरायल र वेस्ट बैंकको भ्रमण गर्ने कुरामा पुनर्विचार गर्न तथा गाजाको भ्रमण नगर्न आग्रह गरेको छ । यूएसए टुडे

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro