site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने तीनजना पुर्पक्षका लागि जेल चलान 

काठमाडौं । रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने समूहका तीनजना आरोपी पुर्पक्षका लागि थुनामा पुगेका छन् । जिल्ला अदालत ललितपुरले पक्राउ परेका ६ मध्ये तीनजनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

जिल्ला अदालतले भैँसेपाटीका ‘बाबा’ भनिने राजेश केसी, धरानका विभाग गुरुङ र धनकुटाका दिपक वान्तवा राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

उनीहरूसँगै पक्राउ परेका जावलाखेलका सुरेन्द्र महर्जन र आलिंकन लामिछानेसँग भने अदालतले तीन÷तीन लाख रुपैयाँ धरौटी लिएर छोडेको छ । 

पक्राउ परेका अर्का आरोपी आयुमान अधिकारीलाई भने प्रहरीले प्रतिवादी बनाए पनि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मुद्दा चलाउनु नपर्ने भन्दै कार्यालयबाटै छाडेको हो । 

स्नोप भण्डारीसहित दुईजना भने अझै फरार छन् । चुनिखेलामा बानियाँको निर्माणाधीन रिसोर्टमा गत असार ७ गते ज्यानमार्ने उद्देश्यले उनीमाथि खुँडा प्रहार गरिएको थियो ।

खुँडा प्रहारबाट बानियाँ घाइते भएका थिए । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि उनी ‘डिस्चार्ज’ भएका थिए । 

उनको बायाँ हात र खुट्टा तथा तिघ्रामा गहिरो चोट लागेको थियो । पक्राउ परेकामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । राजेश केसीको योजनामा बाँनियामाथि गुरुङ र राईले खुँडा प्रहार गरेका थिए । 

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro