site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैँसेपाटीमा गुन्डागर्दी गर्नेबाट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार : को–को छन् संलग्न ?

काठमाडौं । ललितपुरको चुनिखेलमा भएको खुकुरी प्रहार घटनामा गुन्डागर्दी गर्ने समूहले व्यवसायीमाथि खुँडा प्रहार गरेको खुलेको छ । शुक्रबार दिउँसो चुनिखेलमा निर्माणाधिन मनोज बानियाँको रिसोर्टमै उनीमाथि ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको बायाँ हात छिनालिनबाट थोरै मात्रै जोगिएको छ भने दायाँ खुट्टा र तिघ्रामा समेत गहिरो घाउ छ । घटनाको चार दिन बित्दा पनि घटनामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । घटनामा संलग्न तीनजनालाई भने प्रहरी प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुरेन्द्र महर्जन, लालबहादुर तामाङ र एकजना मुख्य अरोपीका सवारी चालक छन् । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र ललितपुर प्रहरीको विशेष टोली खटिएको छ ।

Dabur Nepal
NIC Asia

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाका मुख्य योजनाकार भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसी हुन् । उनकै योजनामा दीपक वान्तावा, स्नोप भण्डारी र धराने भन्ने दर्शन लिम्बूले बानियाँमाथि खुँडा प्रहार गरेका थिए ।

राजेश विभिन्न आपराधिक गतिविधिमा संलग्न पूरा नै पटके हुन् । जग्गासम्बन्धी कारोबार गर्दै आएका राजेश र बानियाँबीच जग्गाकै विषयमा केही दिन अघि समेत हानहान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यहीँ रिसइबीका कारण राजेशले वान्तावासहितका समूहलाई सुपारी दिएर हान्न प्रयोग गरेको खुलेको छ ।वान्तावासहितको समूह सुपारी लिएर काम गर्ने गिरोह नै रहेको प्रहरीको दाबी छ ।

पछिल्लो समय प्रहरीले गुन्डागर्दी गर्ने समूहमाथि निर्मम भएर इन्काउन्टर नै गर्न थालेको थियो । २०७१ मा धादिङका दिनेश अधिकारी ‘चरीे’ र त्यसपछि नुवाकोटका कुमार श्रेष्ठ उर्फ ‘घैंटे’लाई प्रहरीले काठमाडौंमै इन्काउन्टर गरेको थियो ।

योक्रम रोकिएसँगै इन्काउन्टरको भयले लुकिछिपी बस्दै आएका गुण्डाहरू फेरि सक्रिय हुन थालेको प्रहरीको विश्लेषण छ । राजेशसहित खुँडा प्रहार गर्ने तीनजना नै फरार छन् । 

उनीहरू काठमाडौं बाहिर भागेको आशंका प्रहरीको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनालाई गम्भीर रूपमा हेरेको र सोहीअनुसार फरार आरोपीहरुको खोजी तीव्र पारिएको कार्यायका एसपी अंगुर जीसीले जानकारी दिए ।

“मध्य दिउँसो नै मार्ने उद्देश्यले खुँडा प्रहार हुनु गम्भीर कुरा हो । हामी घटनामा संलग्नहरूको पुरानो रेकर्ड पनि हेर्दै छौँ,” एसपी जीसीले भने । घटनाको अनुसन्धान गर्न कार्यालयले दुईजना डीएसपीको नेतृत्वमा टोली परिचालन गरेको छ ।

ललितपुर जिल्लाको घटना भएका कारण ललितपुर प्रहरीको विशेष टोलीसमेत परिचान भएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro