देश
काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।
पछिल्लो तीन घण्टामा रुपन्देहीको तिलोत्तमा र भैरहवा, कपिलवस्तुको तौलिहवा, पाल्पाको कुमालगाउँ, स्याङ्जाको मालुंगा, गुल्मिको बढिगाड र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
रुद्रबेनी, भर्से, तमघास र लमजुङको कुनछाङ, कास्कीको लामापाटन वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०८:३१
प्रतिक्रिया दिनुहोस्