site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीप श्रेष्ठको ‘एक्लो भएछु’मा शिव श्रेष्ठको अभिनय
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत छ ।

जीवनको उत्तरार्धमा एक्लो जीवन जीउन बाध्य व्यक्तिको कथा भनिएको गीतको भिडियोमा नायक शिव श्रेष्ठको अभिनय छ । सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय छ । 

गायक श्रेष्ठले गीतको शब्द र संगीतले आफूलाई छोएका कारण गीत गाउन तयार भएको बताएका छन् । आफ्ना अरु गीतभन्दा यो गीत केही फरक र विशेष रहेको उनले बताए । 

नायक शिव श्रेष्ठले सुरुमा आफू दीप श्रेष्ठको गीत भनेर अभिनय गर्न तयार भए पनि गीत सुनिसकेपछि भने मन छोएको बताए । भिडियोमा अभिनय गर्दै गर्दा कतिपय ठाँउमा आफू भावुक भएको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro