राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन् । सिंहदरबारमा हुने उक्त बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ‘ब्रिफिङ’ लिएका थिए ।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे बताएका थिए । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक यसप्रकारको बैठक गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ ०९:४०
प्रतिक्रिया दिनुहोस्