site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अजरबैजान पठाइदिने भन्दै भारतमा ठगिए ६ नेपाली

चण्डीगढ । अजरबैजान पठाइदिने भन्दै भारतमा ६ नेपाली ठगिएका छन् । भारतको चण्डीगढमा रहेको एक भिसा कन्सल्टयान्ट फर्मलाई  पाँच लाख ८० हजार रुपैयाँ तिरेका नेपाली अन्ततः ठगीमा परेका छन् ।

नेपाली किसान मुक्ति पण्डित हार्भी ओभरसिजको नामबाट फेसबुकमा आकर्षक प्रस्तावसहितको विज्ञापन देखेपछि आफ्ना साथीहरूसँग कुराकानी गरेर सो कम्पनीको सम्पर्कमा पुगेका थिए ।

पण्डितसहित उनका पाँच साथीले अजरबैजानको भिसाका लागि सो रकम बुझाएको जनाइएको छ ।  उनका अनुसार सो विज्ञापनमा तत्कालै कामदार चाहिएको भन्दै आकर्षक अफर गरिएको थियो ।  त्यसमा भिसा, एयर टिकट र खानाको पनि व्यवस्था भएको जनाइएको थियो ।

त्यसपछि पण्डितले आफ्ना साथीहरू राकेश पासवान, सञ्जय कुमार, अनिसा थापा, तुलसी पण्डित र शारदा शंकर साहलाई पनि सो विज्ञापनबारे बताएका थिए । 

सबैले सो कम्पनीमा सम्पर्क गर्ने निर्णय गरे । त्यसमा दिइएको मोबाइल नम्बरमा सम्पर्क गरेर उनीहरू हार्भी ओभरसिजको  चण्डीगढस्थित एससिओ ६८, सेकेण्ड फ्लोर, सेक्टर ४०मा मे २० का दिन पुगेका थिए ।

सो कार्यालयमा पण्डित र उनका साथीले हरिभिन्दर सिंह, जगदीप सिंह र अन्य केहीलाई भेटेका थिए । उनीहरूले आफूहरूलाई कम्पनीको मालिक भएको जनाएका थिए । 

उनीहरूले कम्पनीको आश्वासनबाट विश्वस्त भएर पाँच लाख ८० हजार रुपैयाँ दिएका थिए । उनीहरूलाई एयर टिकट पनि दिइयो तर यात्राको प्रयास गर्दा सो टिकट नक्कली भएको पत्ता लाग्यो ।

कम्पनीले अहिले आफ्नो कार्यालय नै बन्द गरेको छ । सो कम्पनीले गरिब र दुर्गम क्षेत्रका मानिसहरूलाई लक्षित गरेर ठगिरहेको जनाइएको छ ।

उनीहरूले स्थानीय प्रशासनमा इन्डियन पेनल कोडको सेक्सन ४२० (चिटिङ), ४६७ (फर्जरी अफ भ्यालुएबल सेक्युरिटी) ४६८ (फर्जरी फर पर्पोज अफ चिटिङ),४७१ (युजिङ एज जिनुइन अ फजर्ड डकुमेन्ट) र १२० बी (क्रिमिनल कन्स्पिरेसी ) र अध्यागमन ऐनको सेक्सन २४  अनुसार उजुरी दर्ता गरेका छन् । हिन्दुस्तान टाइम्स

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro