site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन सरकारप्रति रुष्ट सुनिए निश्चल, के भने ? 

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सरकारले नेपाली चलचित्रकर्मीको उपलब्धीको मूल्यांकन गर्न नसकेको बताएका छन् । 

नेपाली चलचित्र ‘शाम्बाला’ दक्षिण एसियाको प्रतिनिधित्व गर्दै ‘बर्लिन फिल्म फेस्टिभल’मा पुग्दा पनि सरकारले चासो नदेखाएको उनको गुनासो छ । यो कति ठूलो उपलब्धी हो भनेर सरकारले बुझ्न नसकेको उनको भनाइ छ । 

“तीन दशकमा बर्लिनमा एसियाको प्रतिनिधित्व गर्दै नेपाली निर्देशकले बनाएको चलचित्र पुगेको छ,” निश्चल भन्छन्, “यो नेपालमात्र होइन दक्षिण एसियाकै उपलब्धी हो । नेपालको सरकारले यो एचिभमेन्टमा सेलिब्रेट गर्नुपर्ने हो । तर गर्न सकेको छैन ।” 

‘शाम्बाला’सँग जोडिएर काम गरेका अरु देशले यो हाम्रो पनि उपलब्धी हो भनेर सेलिब्रेट गरिरहेको तर नेपालमा भने कसैलाई पनि मतलब नरहेको उनले बताए । 

“यो चलचित्रमा सानो–सानो काममा जोडिएका देशले यो हाम्रो पनि उपलब्धी हो भनेर सेलिब्रेट गरिरहेका छन्,” ‘शाम्बाला’ नेपालमा प्रदर्शन घोषणा कार्यक्रममा शुक्रबार निश्चलले भने, “यो चलचित्र बनाउने निर्देशक यहीँ गल्लीगल्लीमा लखरलखर हिँड्दा पनि कसैलाई वास्था छैन ।” 

वर्ल्ड सिनेमासँग प्रतिस्पर्धा गर्ने चलचित्र बनाउने निर्देशक नेपालमा रहे पनि सरकारले चासो नदिएको उनको आरोप छ । विश्वलाई चिनाउने सिनेमा बनाउने मेकरलाई सरकारले बुझ्न र चिन्न नसकेको उनको गुनासो छ । 

नेपाललाई विश्वमा चिनाउने सिनेमा पनि हो भन्दै उनले राजनीतिले मात्रै चिनाउने भ्रम नेतामा रहेको बताए । “नेपालाई विश्वमा राजनीतिले मात्रै चिनाउने हो । राजनीतिबाटै चिनाइरहेका छौँ भन्ने लागेको होला हैन ?,” सरकारप्रति गुनासो गर्दै उनले भने, “हामीले पनि देखिरहेका छौँ, कस्तो राजनीति गरेर तपाइँहरूले नेपाललाई चिनाइरहनु भएको छ ।”

विश्वले स्वीकार गरेको चलचित्र र निर्देशकलाई नेपालको सरकार, समाज र सञ्चारमाध्यमले भने चिन्न नसकेकोमा उनको असन्तुष्टि छ । 

कमर्सियल सिनेमालाई प्राथमिकता दिने पत्रकार र सञ्चारमाध्यमले पनि फेस्टिभलमा पुगेका चलचित्रलाई कमै मात्रै स्थान दिने गरेको निश्चलको गुनासो छ । 

निर्देशक नीवन सुब्बाले विश्वकै प्रतिस्ठित फेस्टिभलमा पुगेर १२/१३ हजारले हेर्ने विधामा छनोट हुनु ‘साम्बाला’को आफैँमा उपलब्धी भएको बताए । 

विश्वका ठूलाठूला प्लेटर्फमले स्वीकार गरेको र रुचाएको चलचित्रलाई नेपालले पनि स्वीकार गर्नुपर्नेमा उनको जोड छ । 

मीन भामको ट्रयाक रेकर्डले नै ‘शाम्बाला’ले बक्सअफिसमा पनि राम्रो गर्नेमा उनी ढुक्क सुनिए ।

कमर्सियल र फेस्टिभल दुवैमा रुचाइने चलचित्र बन्नुपर्ने बताएका उनले भने, “फेस्टभलमा जाने चलचित्र चल्दैनन् भन्ने भाष्य बनेको छ । तर यो भाष्य चिरिएको छ,” उनले भने । 

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्रान्डे विधामा चलचित्र छनोट भएको हो । यीबाहेक विश्वका थुप्रै फेस्टिभलमा यो चलचित्र छनोट भइसकेको छ । 

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । 

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले पेस गर्छ । चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro