site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेनी–जोमसोम सडक अवरुद्ध
Dabur Nepal
NIC Asia

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२, सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले सडकमा खसेको ढुंगा फुटाउन ‘ब्रेकर’सहितको डोजर पठाउन लागिएको जानकारी दिए । “लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ,” आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन गरिएको छ । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro