site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोसहित विपद्‌का घटनाबाट ज्यान गुमाउनेको संख्या १३४ पुग्यो
फाइल तस्बिर ।

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‌का घटनाबाट आजसम्म १३४ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विपद्‌का घटनाबाट काठमाडौं उपत्यकामा दुई जना, कोसीमा २२ जना, मधेसमा ६ जना, वाग्मतीमा २५ जना, गण्डकीमा ३८ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाले ज्यान गुमाएका हुन् ।

बाढीपहिरोबाट काठमाडौं उपत्यकामा ९ जना, कोसीमा ३४ जना, मधेसमा ९ जना, वाग्मतीमा ९ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४८ जना घाइते भएको प्रवक्ता कार्कीले बताए ।

उनका अनुसार बाढीपहिरोमा परी कोसी दुई जना, वाग्मतीमा दुई जना, गण्डकीमा एक जना, लुम्बिनीमा एक जना र कर्णालीमा एक जना गरी सात जना बेपत्ता भएका छन् । बेपत्ता भएकाको खोजी कार्य जारी छ ।

बाढीका कारण १८४ घर डुबानमा परेका छन् । दुई सय ३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीपहिराकै कारण ६०३ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ३० घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro