site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध
फाइल तस्बिर ।

सुर्खेत । कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो तथा खोलामा पानी बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जानकारी दिएको छ ।

भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोलामा पानी बढेका कारण यातायात सेवा ठप्प भएको छ । त्यस्तै, त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधन मात्र सञ्चालनमा छन् ।

त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फस्न गएपछि यातायात सेवा ठप्प भएको छ भने भेरी करिडोरकै रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा खोलामा पानी बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भित्री सडकअन्तर्गत रुकुम–पश्चिमको मुसिकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै, बाँफिकोट गाउँपालिका–तीन÷चार को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोलामा पानी बढेका कारण अवरुद्ध भएको छ । 

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको प्रहरीको भनाइ छ । कालिकोटको पचालझरना–८ लाभामा पहिराका कारण सडक अवरुद्ध भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।

अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । रासस
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro