site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जातिवादी व्यवहार भएको भन्दै लिभरपुलको युवा टिम दुई खेलमा मैदानबाट बाहिरिए 
Tiktok banner adTiktok banner ad

काठमाडौं । टिमका खेलाडीमाथि जातिवादी व्यवहार भएको जनाउँदै इंग्लिस क्लबको युवा टिम दुई खेलमा मैदानबाट बाहिरिएको छ । 

बुन्डेसलिगा कप युथ प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार होफेनहेमसँग खेल्दा टिमका एक खेलाडीले आफूमाथि जातिवादी व्यवहार भएको जनाएपछि टिमले नै मैदान छोडेको हो । 

सोही प्रतियोगिताअन्तर्गत शनिबार फ्रयांकफर्टविरुद्ध पनि सोही खेलाडीले उस्तै व्यवहार भएको जनाएपछि लिभरपुलको यू–१८ टिमका सबै खेलाडी उक्त खेलमा पनि मैदानबाट बाहिरिएका हुन् । 

यस घटनाबारे लिभरपुलले तत्काल र सही अनुसन्धान सुरु गरेको छ । “जर्मनीमा बुन्डेसलिगा कप युथ प्रतियोगिताका दौरान क्लबका एक खेलाडीले आफूमाथि जातिवादी व्यवहार भएको जानकारी गराएका छन्,” लिभरपुलले एक विज्ञप्तिमा भनेको छ, “उक्त खेलाडीले तत्कालै यसबारे खेल अधिकारीहरू, सहकर्मी र प्रशिक्षण टोलीलाई जानकारी गराए । जसका कारण लिभरपुलको व्यवस्थापन टिमले खेल रोक्ने र एकसाथ मैदानबाट बाहिरिने निर्णय लियो ।” 

लिभरपुलले आफ्नो खेलाडीको निर्णयप्रति क्लब गौरवान्वित रहेको र घटनाबारे खेलाडीले देखाएको प्रतिक्रियालाई  परिपक्व भएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro