site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारत लगातार दोस्रो जितसहित सेमिफाइनलमा
SkywellSkywell

काठमाडौं । एसीसी महिला एसिया कपमा भारत लगातार दोस्रो जितसहित सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार श्रीलंकाको रंगिरी धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा यूएईविरुद्ध ७८ रनको जित निकाल्दै भारत समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा भारतले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

यूएईकी काविसा एगोडेजले ४० रन बनाइन् । कप्तान इशा ओजाले ३८ रन र खुसी शर्माले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतबाट दीप्ति शर्माले दुई विकेट लिइन् । रेनुका सिंह, तनुजा कन्वर, पूजा वस्त्राकार र राधा यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो ।

भारतबाट दुई ब्याटरले अर्धशतक बनाए । कप्तान हर्मनप्रित कौरले ६६ रन बनाइन् । रिचा घोसले ६४ रन थपिन् । सफाली वर्माले ३७, जेमिमाह रोड्रिगेजले १४ र १३ स्मृति मन्दनाले १३ रन थपे ।

यूएईकी काविशा एगोडेजले दुई विकेट लिइन् । समाइरा धर्निधर्का र हिना होटचन्दनीले समान एक विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको भारतले दुई खेलबाट चार अंक जोडेको छ । समान खेल खेल्दा पनि अंकविहीन यूएई भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu