site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाधिवेशनमा शेखरलाई समर्थन गर्ने घोषणा गर्दै सुजाताले भनिन्– अब शशांक पनि आउनुपर्छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशमा सभापतिमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन्  । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्रीसमेत रहेकी सुजाताले सबल कांग्रेस बनाउनु अहिले अपरिहार्य भएको बताइन् ।

पहिलोपटक शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगर पुगेकी सुजाताले देशको अवस्था नै गम्भीर रहेको भन्दै त्यसलाई सुधार गर्न बलियो कांग्रेस आवश्यक रहेको बताइन् । 

“देशको अवस्था गम्भीर छ, त्यही गम्भीरतालाई बुझेर म यहाँ आएकी हुँ,” सुजाताले भनिन्, “मलाई के लाग्यो भने हामीहरू एकजुट छौँ भन्ने सन्देशसहित अघि बढेनौँ भने डेमोक्रेसी रहँदैन, मुलुकको भविष्य पनि रहँदैन हामी कोही रहँदैनौँ ।”

उनले आफूहरू एक रहेको सन्देश दिनकै लागि आफू शेखरको निमन्त्रणा स्वीकार गर्दै सम्पर्क कार्यालयमा आएको बताइन् । उनले आफू नेपाली कांग्रेको नेताको हैसियतमा सम्पर्क कार्यालय पुगेको पनि बताइन् ।

शेखर कोइरालाले नेपाली कांग्रेस बनाउन र नेतृत्व लिन धेरै मेहनत गरिरहेकाले त्यसमा परिवारका सदस्यहरूको साथ रहेको उनले बताइन् । उनले आफू शेखर कोइरालाको अभियानमा मिसिएको भन्दै अब शशांक कोइराला पनि आउनुपर्ने बताइन् ।

“हामीबीच कुनै विवाद छैन, झगडा छैन, शत्रुता छैन । यही ठाउँमा शशांकलाई पनि ल्याउनुपर्छ,” सुजाताले भनिन्, “हाम्रो बुवा हजुरबुवाले नेपालको र नेपालीको भविष्यका लागि जुन सपना देख्नुभएको छ । त्यो हामीले पूरा गर्नैपर्छ ।”

उनले त्यसो भन्दा उपस्थितहरूले हुटिङसहितको स्वागत गरेका थिए । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सुजाता प्रकाशमान सिंहको प्यालनमा गएर उपसभापति चुनाव लडेकी थिइन् । यस्तै, शशांक कोइराला शेरबहादुरसँग निकट भएको तस्बिरहरू सार्वजनिक भएका थिए । उनी शेखर कोइरालालाई समर्थन गर्ने भनिएको कार्यक्रममा भने अनुपस्थित भएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro