site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईले सार्वजनिक गर्‍यो सस्तो र सानो एआई मोडल जीपीटी–४ओ मिनी

काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले यसको नयाँ जीपीटी–४ओ मिनी सार्वजनिक गरेको छ । 

यो सानो र सस्तो मोडल बिहीबारदेखि नै डेभलपर र वेब तथा एपमार्फत सबैका लागि उपलब्ध भएको ओपनएआईले जनाएको छ । यसले हाल बजारमा रहेका प्रमुख एआई कम्पनीहरूलाई टेक्स्ट र भिजनका सन्दर्भमा पछि पार्ने कम्पनीको दाबी छ ।

Dabur Nepal
NIC Asia

ठूला एआई मोडलका तुलनामा सानाले निश्चित काम तीव्र र प्रभावकारी तरिकाले गर्नुका साथै सस्तो हुने भएका कारण प्रयोग बढ्दै गएको छ ।

जीपीटी–४ओ मिनीले यसअघिको ओपनएआईको सानो मोडल जीपीटी–३ टर्बाेलाई विस्थापित गर्नेछ ।

यो मोडलले विभिन्न भाषामा मल्टिटास्किङ गर्नसक्ने क्षमता मापक (एमएमएलयू)को ८२ प्रतिशत स्कोर पाएको छ । जुन अहिलेसम्मका मोडलमध्ये सबैभन्दा धेरै भएको दाबी गरिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro