site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
बंगलादेशमा हिंसा : नेपाली विद्यार्थी मेघालयतर्फ प्रवेश 
SkywellSkywell

मेघालय । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली भारतसँग बंगलादेशको सीमा जोडिएको मेघालयको दावकी एकीकृत चेकपोस्ट हुँदै भारत प्रवेश गरेका छन् । 

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार साँझ ६ : ४५ बजेसम्ममा २०२ भारतीय सिलोङबाट ८१.५ किमी टाढा रहेको सो नाकाबाट भारततर्फ छिरेका थिए । ती विद्यार्थीको सुरक्षाको आवश्यक प्रबन्ध गरिएको समाचारमा उल्लेख छ । 
 
सीमा पार गरेर भारत जानेमा नेपालका १०१, भुटानका ७, भारतका २३ र चारजना पर्यटक भएको प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

Dabur Nepal
NIC Asia

नेपाली विद्यार्थी भारततर्फ छिरेको नेपाली अधिकारीहरूले भने पुष्टि गरेका छैनन् । 

ती प्रहरी अधिकारीले राज्य सरकार भारतीयहरूको सुरक्षित फिर्ताका लागि बंगलादेशको हाइ कमिसन र ल्यान्डपोर्ट अथोरिटीको सम्पर्कमा रहेको समेत जनाएका छन् ।
 
बंगलादेशमा आन्दोलन हिंस्रक हुँदै गएपछि त्यहाँको सरकारले ढाकामा इन्टरनेट र फोन लाइन बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ बिहीबार मात्रै एक पत्रकारसहित १३ जनाको हिंसाका क्रममा मृत्यु भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu