site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो, १९ जनाको मृत्यु 

ढाका । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किएको छ । बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् । 

फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ । विद्यालय र युनिभर्सिटी यसअघिदेखि नै अनिश्चितकालीन बन्द रहेकोमा बिहीबारदेखि राजधानी ढाकामा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ । 

Dabur Nepal
NIC Asia

बिहीबार मृत्यु हुनेमा ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसन समेत छन् ।

हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेश टेलिभिजन (बीटीभी)को ढाकास्थित कार्यालयमा समेत आगो लगाएका छन् । आगलागीपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए । सरकारले देशभर सुरक्षा अलर्ट जारी गरेको छ । 

बंगलादेशमा नोकरीमा आरक्षणको विरुद्धमा आन्दोलन चर्किएको हो । बंगलादेशमा सरकारी नोकरीमा देशको स्वतन्त्रताका लागि लड्ने व्यक्तिका छोराछोरीलाई आरक्षण दिने गरिएको छ । सन् १९७१मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । 

आलोचकहरूले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समर्थन गर्ने सरकार समर्थक समूहका बालबालिकालाई अनुचित लाभ पुर्याउने खालको भएको आरोप लगाएका छन् ।
  
हसिनाले गएको जनवरीमा लगातार चौथोपटक चुनाव जितेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुररहमानकी छोरी हुन् ।
 
बंगलादेशमा पछिल्ला केही दिनदेखि सरकारी नोकरीमा आरक्षणको यो व्यवस्थाविरुद्ध प्रदर्शन भइरहेको छ । यो भन्दाअघि हप्तौं भएको विरोध प्रदर्शनपछि २०१८मा भर्नाको यो व्यवस्थामा रोक लगाइएको थियो । 

पछिल्लो महिना एक अदालतले आरक्षणलाई फेरि एक पटक वहाल गरेको थियो । यसकैविरुद्धमा आन्दोलन चर्किएको हो । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro