site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैदामका डीएसपीविरुद्ध अख्तियारमा उजुरी, व्यवसायीबाट मासिक एक लाख उठाएको आरोप
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

पोखराका पर्यटन व्यवसायीहरूले गत असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी दिएका थिए ।

डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर गैरकानुनी काम गरेको उजुरीपत्रमा उल्लेख छ । उजुरीमा श्रेष्ठले प्रहरी जनशक्ति परिचालन गरेर रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने गरेको दाबी गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“व्यवसायीहरूले डीएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाउने गरेका छन्,” उजुरीमा भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका शाखा अधिकृत विन्दु भण्डारीले उजुरी असार ३० गते दर्ता भएको पुष्टि गरिन् ।

Royal Enfield Island Ad

व्यवसायीहरूले पैसा माग्ने उद्देश्यले डीएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी साँझ गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारबाहीको नाटक गर्दै आएको बताएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरूमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको आरोप उनीहरूको छ ।

क्लबभित्र अन्य व्यक्तिको झगडामा पनि प्रहरीले बाउन्सरविरुद्ध जाहेरी दिन लगाएर पीडितलाई उल्टो थुनामा राख्ने हर्कत गरेको पत्रमा उल्लेख छ । नेपाल भ्रमण आउने भारतीयहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने र रकम लिएर छाड्ने गरेको उनीहरूको आरोप छ । 

उनीहरूले यस विषयमा आईजीपी वसन्त कुँवरसँग पनि बयान लिन आग्रह गरेका छन् । डीएसपी श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारबाही गर्न व्यवसायीको माग छ ।

यता डीएसपी श्रेष्ठले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । पोखराका एउटा क्लवले आफूविरुद्ध निराधार हल्ला फैलाउन हात धोएर लागिपरेको उनले बताए ।

“मलाई हटाउँछु भनेर पनि लागिपरेको छ । तर, यो सब प्रोपोगान्डाबाहेक अरू केही होइन, विवादमा पार्ने र हटाउने षड्यन्त्र मात्र हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro