site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युरो–२०२४ : ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका ६ खेलाडी

काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए)ले युरो–२०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । यूईएफएले मंगलबार स्पेनका ६ खेलाडीसहित प्रतियोगिताको उत्कृष्ट सुरुआती–११ सार्वजनिक गरेको हो ।

यो टिममा स्पेनका ६, फ्रान्सबाट दुई, इंग्ल्यान्ड, जर्मनी र स्वीट्जरल्यान्डका समान एक खेलाडी छानिएका छन् । यूईएफएले ४–३–३ को संरचनामा प्रतियोगिताको उत्कृष्ट ११ खेलाडी छनोट गरेको हो ।

टिममा स्पेनका फरवार्ड निको विलियम्स, लामिन यमलसँगै जर्मनीका जमल मुसियाला छन् । मिडफिल्डरमा तीनजना नै स्पेनका छन् । मिडफिल्डरमा फाबियन रुइज, ड्यानी ओल्मो र रोद्री छन् ।

यस्तै, रक्षकमा स्पेनका मार्क कुकुरेया, फ्रान्सका विलियम सलिबा, स्वीट्जरल्यान्डका म्यनुअल अकान्जी र इंग्ल्यान्डका काइ वाल्कर छन् । गोलकिपरमा फ्रान्का माइक माइग्नान छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro