site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इंग्ल्यान्डले कसलाई बनाउला नयाँ प्रशिक्षक ? 

काठमाडौं । युरो–२०२४ को फाइनलपछि मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले टिम छोड्ने निर्णय गरेपछि इंग्ल्यान्ड अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । इंग्ल्यान्डलाई १०२ खेलसम्म प्रशिक्षण दिएपछि उनले मंगलबार इंग्लिस टिम छोड्ने निर्णय गरेका थिए । 

साउथगेटको राजीनामा इंग्ल्यान्डले युरो–२०२४ को फाइनलमा स्पेनसँग २–१ को हार बेहोरेपछि आएको हो । उनले आठ वर्षसम्म इंग्ल्यान्डको प्रशिक्षण सम्हालेका थिए ।

इंग्ल्यान्ड अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । इंग्ल्यान्डको नयाँ प्रशिक्षक बन्न सक्ने नाममा पेप ग्वार्डिओला, लि कार्सली, एडी होवे, योर्गान क्लोप, माउरिसियो पोचेटिन्हो, ग्राहम पोटर र थोमस टचेलजस्ता प्रशिक्षक रहेको बीबीसीले जनाएको छ । यस्तै, चेल्सीका पूर्वप्रशिक्षक फ्रांक लाम्पार्ड, मिड्ल्सबर्गका प्रशिक्षक माइकल क्यारिक, सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजर्स र चेल्सीका पूर्वप्रशिक्षक जोजे माउरिन्हो पनि यो सूचीमा रहेको बीबीसीले खुलाएको छ । 

साउथगेट सन् २०१६ मा इंग्ल्यान्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसयता, साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्डले दुईपटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको थियो । तर, दुवै पटक इंग्ल्यान्ड उपविजेतामै सीमित बनेको हो । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro