site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेलेन्स्कीको टिप्पणीले युक्रेनसँग रिसायो भारत 
Dabur Nepal
NIC Asia

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको रुस भ्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टिप्पणी गरेका छन् । उनको टिप्पणीका कारण भारतले युक्रेनका राजदूतलाई मंगलबार विदेश मन्त्रालयमा बोलाएर बयान लिएको छ । 

मोदीले हालै रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकमाल गरेको प्रसंगमा टिप्पणी गरेका थिए । जेलेन्स्कीले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रले विश्वकै कुख्यात मस्कोको अपराधीलाई अंकमाल गरेको टिप्पणी गरेका थिए ।

राजदूतलाई बोलाएर भारतले सो भनाइप्रति असन्तुष्टि जाहेर गरेको जनाइएको छ । यसैबाट असन्तुष्ट भएको भारतले युक्रेनसँग तय भएको संस्कृतिसम्बन्धी संयुक्त वर्किङ ग्रुपको बैठक पनि रद्द गरेको जनाइएको छ । एजेन्सी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro