site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरियन भाषामा डब गरेर रिलिज हुँदै ‘गोर्खा वारियर’, कतिमा बिक्री भयो ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ कोरियन भाषामा डब भएर कोरियामा रिलिज हुने भएको छ । कोरिया राइट्स कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले खरिद गरेको हो । 

निर्देशक मिलन चाम्सका अनुसार कर्पले कोरियाका लागि सात वर्षको प्रदर्शन तथा वितरण अधिकार लिएको हो । ‘गोर्खा वारियर’को कोरियन भाषामै डब भइसकेको छ । कर्पले पोस्टर पनि सार्वजनिक गरेको छ । 

निर्देशक चाम्सका अनुसार सिनेमा हलमा रिलिज हुनेछ । हल रिलिजपछि त्यहाँको टेलिभिजन च्यानलहरूमा पनि रिलिज हुनेछ । 

“उनीहरूले अब आफू अनुकूल समयमा रिलिज गर्नेछन्,” मिलनले बाह्रखरीसँग भने, “कोरियामा वार जानराको सिनेमाको डिमान्ड छ । त्यसले पनि हामीलाई सहज भयो ।” 

उनले नेपाली भाषाको चलचित्र कोरियन भाषामा डब भए रिलिन हुन लागेको पहिलोपटक भएको दाबी गरे । 

उनका अनुसार कोरियन कम्पनीले ‘गोरखा वारियर’ निर्मातालाई आकर्षक अमाउन्टमा एमजी गरेर परसेन्टेजमा राखेको छ । “हल रिलिजमा ५०/५० प्रतिशत तथा ओटीटी र भिडियो अन डिमान्डमा हामी ६० र उनीहरूलाई ४० प्रतिशतमा बसेका छौँ,” उनले बाह्रखरीसँग भने । एमजी रकम भने उनले खुलाएनन् । 

कोरियन भाषामा डब भएर रिलिज हुन लागेको यो पहिलो नेपाली चलचित्र भएको मिलनको दाबी छ ।  

“चलचित्र कुनै भाषा, देश र ठाउँ विशेषका लागि मात्रै हुँदैन । यो सबैका लागि हुन्छ, संसारभरिका लागि हुन्छ,” मिलनले भनेका छन्, “यही नवीन सोचको साथ मैले परिकल्पना गरेको थिएँ गोर्खा वारियर । आज त्यही सपनाको एक अंश पूरा भएको छ । यो चलचित्र कोरियन भाषामा प्रर्दशन हुने खबरले उत्साहित छु ।” 

उनले यो उपलब्धी नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक दिन हुने बताएका छन् । 

वार जानरामा निर्माण भएको यो चलचित्र नेपालमा गत वर्ष  फागुन ११ मा प्रदर्शन भएको थियो ।  

यो चलचित्र नेपाली, हिन्दी र कोरियानबाहेक अन्य भाषाको राइट्स अमेरिकन एक कम्पनीले खरिद गरिसकेको छ । मिलनका अनुसार सेल्स एजेन्टले खरिद गरेको हो । 

मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले सन् १९४९ मा लडेको लडाइँको कथा यो चलचित्रको मुख्य विषय हो । चलचित्रमा रितेश चाम्स, रेवीका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आलेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा ‘गोर्खा वारियर’ निर्माण भएको चलचित्र हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro