site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलालाई बधाई तथा शुभकामना दिन नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटिले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिबद्ध रहेको बताए ।

Argakhachi Cement Island Ad

उनले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन पनि लाग्ने उल्लेख गरे ।

त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिए । रासस
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्