site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लेखकको पहिलो निर्णय : बाढीपहिरोमा परेकाको उद्धार र राहत प्राथमिकता 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको कार्यभार सम्हालेका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसलगत्तै मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधन रोक्ने विषयमा काम गर्ने बताए । त्यसका लागि बाढीपहिरो प्रभावित क्षेत्रहरूमा कसरी काम गर्नेबारे मंगलबारबाट नै तालिका बनाएर काम हुने उनको भनाइ छ ।  उनले बाढीपहिरोमा परेकाको उद्धार र राहत पहिलो प्राथमिकतामा हुने बताए । 

त्योबाहेक गृह मन्त्रालयले गर्दै आएका काममा पनि चुस्तताका साथ काम गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्