site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरा बारेमा अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना विवादित विषयको अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

आफ्ना बारेमा पनि धेरै प्रश्न उठाइएको र मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजदेखि अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने उनले उल्लेख गरे । उनले आफूले सरुवाबढुवा कुनै व्यक्तिविशेषलाई हेरेर नगरेको जिकिर गरे ।

Dabur Nepal
NIC Asia

आफूले नेपाल प्रहरीमा कुनै विधि मिच्ने काम नगरेको उनले बताए । उनले आफू गृहमन्त्री भए पनि सुरक्षा निकायलाई आफ्नाबारे अनुसन्धान नगर भनेर निर्देशन नदिएको सुनाए ।

गल्ती गरेको जो कोही बच्नु र बचाउन नहुनेमा उनले जोड दिए । सुन प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको उनले बताए । तर, राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरिएको उनको भनाइ थियो ।

आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको उनले उल्लेख गरे । सरकार निर्मला पन्त हत्या अनुसन्धानको अन्तिममा पुगेको उनले जिकिर गरे ।

उनले कैयौँ विषय भगबन्डामा टुंगिने गरेको बताए । एउटा विन्दुमा पुगेर देशलाई भागबन्डाबाट निकाल्नुपर्नेमा उनले जोड दिए । दुई ठूला राजनीतिक दल एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu