site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी कार्य गोलाघाटसम्म गरिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिशूली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्य गर्नेछ । त्यस्तै, अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि एक किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजी कार्य गर्ने सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।    

त्यसैगरी नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजी कार्यको लागि परिचालन भएको छ । 

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानीले गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजीकार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरूले सफा पानी तथा ताल र पाखेरीमा जमेको पानीमा खोजीकार्यको लागि प्रयोग गरिन्छ । 

शुक्रबार बेपत्ता भएको बस तथा यात्रुहरूको खोजीको लागि खटिएको सुरक्षा फौजले तीन वटा शव फेला पारेको थियो । खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन् । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९, सिमलतालबाट त्रिशूली नदीमा खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro