site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सांसदहरूलाई डा. पुकारको प्रश्न– सरकारी जग्गामै भएको चलखेल पच्छ कि पच्दैन ?

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बुधबार अंगदान, प्रत्यारोपणको अवस्था र यससँग जोडिएका विविध विषयमा छलफल थियो । 

समितिसँग छलफलका निम्ति सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र उनको टिम उपस्थित थियो । बैठकको सुरु र मध्यतिर अंग प्रत्यारोपणको अवस्था केन्द्रको सेवा र अन्य प्राविधिक विषयमा छलफल भयो  । तर, जब राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले ‘प्रत्यारोपणको आफ्नै जग्गामा भवन बनाउने सेवा विस्तार गर्ने कार्य के भइरहेको छ ?’ भन्दै अपडेट मागिन्, बैठकको माहोल फरक बन्यो । 

डा. श्रेष्ठले जवाफ  दिए, “सरकारी अस्पताललाई सरकारले नै चलखेल गर्दै पटक पटक बखेडा झिकेको देखेर म त अचम्मित छु...। सूर्यविनायकमा एक सय रोपनी जग्गा देउ ६ महिनामा अस्थायी संरचना बनाएर सेवा बनाउँछु भन्दा ६ महिनासम्म फाइल घुमेको घुम्यै छ । ”

उनका अनुसार भक्तपुरको सूर्यविनायकमा इँटा टायल कारखानाले लिएको २५८ रोपनीबाट प्रत्यारोपण केन्द्रले एक सय रोपनी भाडामा लिन पहल गरेको थियो । 

२०८० पुस २१ मा कारखानाको सम्झौता अवधि सकिएसँगै सो जग्गा सरकारी स्वामित्वमा आएको हो । सोही जग्गामा अस्थायी संरचना बनाएर तीन सय शैयामा विस्तार गर्ने केन्द्रको योजना छ । 

कारखानाले वार्षिक ५० लाख रुपैयाँ भाडा तिरी पाँच सय जनालाई रोजगारी दिएको भन्दै उद्योग मन्त्रालयले सुरुमा केन्द्रको प्रस्तावमाथि आनाकानी गरेको थियो । केन्द्रले वार्षिक दुई करोड भाडाको प्रस्ताव गरेको डा. श्रेष्ठले बताए । “सरकारी अस्पताललाई सरकारी जग्गा भाडामा दिन सरकारकै निकायबाट भित्रभित्रै चलखेल भएको छ, यो कुरा तपाईंहरूलाई पच्छ की पच्दैन,” डा. श्रेष्ठले प्रश्न गरे । माहोल एकछिन् स्तब्ध बन्यो । 

केही छिनपछि समिति सभापति सोनाम गेल्जेन शेर्पाले ‘हामी यसबारे छलफल गर्छौँ, समितिले आवश्यक निर्देशन दिन्छ’ भन्दै केन्द्रको टिमलाई बिदाइ गरे । 

प्रत्यारोपण केन्द्रको अहिले रहेको भवन भाडाको हो । केन्द्रलाई सल्लाघारीमा ९९ रोपनी जग्गा दिलाई आफ्नै भवन बनाउन दिने घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योभन्दा अघिल्लो कार्यकालमा नै गरेका थिए । 

sabalikaran-1720609415.jpg
 

समितिबाट बाहिरिँदै डा. श्रेष्ठले भने “त्यो ९९ रोपनी त मैले माया मारिसकेँ...।” 

केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने योजना चालु र आगामी दुवै आर्थिक वर्षको बजेटमा उल्लेख छ । तर, काम अघि बढेको छैन । 

आफ्नै भवनमा सञ्चालन हुन पाए तीनसय शैयाबाट निःशुल्क डायलायसिस र प्रत्यारोपण सेवा दिन र देशभर जनशक्ति उत्पादन गर्न सकिने डा. श्रेष्ठको भनाइ छ । 

केन्द्रको क्षमताअनुसार वार्षिक २०० प्रत्यारोपण गर्न सकिन्छ । तर, सीमित पूर्वाधार र जनशक्तिका बीच केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार २७७ वटा मिर्गौला र २६ वटा कलेजो प्रत्यारोपण गरेको छ ।

यस्तै, वार्षिक ३० हजार सेसन डायलायसिस सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro