site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन् । 

बुधबार सहकारीपीडितहरूसँगको छलफलमा बौल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने उल्लेख गरे । विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताए ।

समितिले आश्वासनभन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने बताए । सरकारको तर्फबाट भएका लुप होलहरू पनि समितिले खोजिरहेको उल्लेख गरे । 

"समितिले नभएका आश्वासन दिँदैन । समितिले जे हो त्यो गर्छौं । सरकारको तर्फबाट लुप होलहरू छन् भने ती पनि खोजिरहेका छौँ । सरकारका निकाय, गृह प्रशासन, प्रहरीलाई बोलाएर पनि भनिरहेका छौँ । सहकारी ठगेर विदेश जो पलायन भएका छन् । उनीहरूलाई नेपालमा ल्याउने कानुनी प्रबन्धका बारेमा जानकारी लिएका छौँ," उनले भने । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro